२०८० चैत्र १५ गते बिहिवार

कपुरकोट गाउँपालिकामा बालबालिकासंग अभिभाबकहरुले संगै पढ्दै (फोटो फिचर )

सल्यान, २६ फागुन ।
सल्यानको कपुरकोट गाउँपालिकामा बालबालिका संग अभिभाबकहरुले संगै पढ्ने भएका छन् ।

जीबन ज्योती नमुना माध्यामिक विद्यालयले आयोजना गरेको पढाइ मेलामा संगै पढेपछि बालबालिकासंग अभिभाबकहरुले संगै पढ्ने भएका हुन् ।

बालबालिका संगसंगै पढ्दा आफुले बिर्सेका कुरा सम्झनामा आउने र जानेका कुरा सिकाउन सकिने पढाइ मेलाले सिकाएको अभिभाबकहरुको भनाई छ ।

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले अभिभाबकले बालबालिकासंग संगै पढ्दाखेरी बालबालिकाको पढ्ने बानीको बिकास हुने बताउनुभयो ।

अध्यक्ष पुनले पढाइ मेला नमुना पढाइ मात्र भएकाले यसलाई महत्वपूणर् सिकाईको रुपमा ग्रहण गरी अभिभाबकहरुले दैनिक समय तालिका बनाएर आफ्ना बालबालिका संगै पढुनुपर्ने धारणा राख्नुभयो ।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बालबालिकासंगसंगै पढ्दा आफ्ना बालबालिकाको पढाइका बारेमा अभिभाबकहरुले जानकारी गर्ने बताउनुभयो ।

भण्डारीले गाउँपालिका भरी बृहत रुपमा बालबालिकासंग अभिभाबकहरुको पढाइ कार्यक्रम अभियान आगामी शैक्षिक सत्रबाट चलाइने बताउनुभयो ।

अभियानले कपुरकोट गाउँपालिकाको शैक्षिक अबस्थालाई सुधार गर्न ठुलो सहयोग पुग्ने भण्डारीको भनाई छ ।

जीबन ज्योती नमुना माध्यामिक विधालय रिमका शिक्षक अभिभाबक संघका अध्यक्ष तिला बुढा मगरको अध्यक्षतामा भएको पढाइ मेलाका अवसरमा गाउँपालिका तथा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा बिभिन्न पदक जित्ने खेलाडीलाई सम्मान गरिएको प्रधानाध्यापक भुपाल शाहुले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस