२०८० फाल्गुन २१ गते सोमवार


मृगौला स्वस्थ्य कसरी राख्ने ?

चिकित्सकका अनुसार प्रत्येक १० जनामध्ये एक जनलाई मृगौलासम्बन्धी रोग लाग्ने गर्छ ।

नेपालमा पनि पछिल्लो समय अस्वस्थ खानपान तथा जीवनशैलीले मृगौला रोगी बढ्दो छन् । मृगौला स्वस्थ हुन हाम्रो खानपान र जीवनशैली स्वस्थ हुन जरुरी छ । मृगौला स्वस्थ राख्न अपनाउन सकिने जीवनशैली यस्ता छन्,

नुनको मात्रा कम गर्ने

नुनमा हुने सोडियमले रक्तचाप बढाउन मद्त गर्दछ जसले मृगौला खराब बनाउदै लैजान्छ । यसले मृगौलामा पत्थरी हुने खतरा बढाउँछ । जसले गर्दा पिसाब फेर्दा समस्या हुने तथा टाउको दुख्ने हुन्छ । त्यसैले स्वस्थ मृगौलाका लागि हामीले दैनिक खानामा नुनको मात्रालाई कम गर्नुपर्छ ।

प्रशोधित खानेकुरा नखाने

मृगौला खराब बनाउने अर्को कारण प्रशोधित तयारी खानेकुरा पनि हो । प्रशोधित तयारी खानेकुरामा उच्च मात्रामा सोडियम र फोस्फोरस हुने गर्दछ । जसले गर्दा हाड तथा मृगौला खराब गर्दछ । यी दुबै मृगौलाका लागि घातक हुन्छ । हामीले दैनिक जीवनमा प्रशोधित खानालाई कम गर्नुका साथै सकेसम्म घरकै खानामा जोड दिनुपर्छ ।

धुम्रपान नगर्ने

मृगौलालाई स्वस्थ राखि राख्ने हो भने धुुम्रपान गर्ने आदतलाई छोड्नुपर्छ । धुम्रपानले रक्तचाप र मधुमेहको खतरा बढाउँछ । यसले मृगौलामा रगतको प्रवाह न्यून बनाउँछ जसले गर्दा मृगौला खराब हुन्छ । त्यसैले मृगौला खराब हुनबाट जोगाउन यसको सेवनबाट टाढै रहनुपर्छ ।

पानी प्रशस्त्र पिउने

पानीमा अधिक शक्तिशाली क्षमता हुन्छ । यसले मृगौलाको कार्यक्षमता राम्रो राख्दछ । यही प्रक्रियाबाट नै शरीरको फोहोर र विकारयुक्त चिज शरीरबाट निस्कने गदर्छ । त्यसैले स्वस्थ मृगौलाका लागि दिनमा कम्तीमा ३ देखि ५ लिटर पानी पिउनुपर्छ ।

मासुको प्रयोग कम गर्ने

मासुमा प्रोटिन हुन्छ, तर मासुमा हुने प्रोटिनले रगतमा अम्लको मात्रा बढाउँछ । जसका कारण अम्लले गर्दा राम्रोसँग काम गर्न सक्दैन् । मासुको प्रयोग सिमित मात्रामा गर्दा फाइदाजनक भए पनि अधिक प्रयोगले हानि गर्दछ । त्यसैले ठिक्क मात्रामा मासुको प्रयोग गरियो भने पनि मृगौला बिग्रनबाट जोगिन सकिन्छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस