२०८१ माघ २ गते बुधवार

देशका पहाडी भु-भागमा आज वर्षाको संभावना

दाङ १७, फाल्गुन । देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभावको रहनुका साथै पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै भोलि बिहिबार प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्चपहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनका महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस