२०८१ माघ ३ गते बिहिवार

तुलसीपुर-१६ मा वडाअध्यक्षकप फुटबल प्रतियोगिता हुने

दाङ, १५ फागुन ।
तुलसीपुर-१६ मा वडाअध्यक्षकप फुटबल प्रतियोगिता हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ को आयोजनामा आउदो फागुन १९ गतेदेखि वडाअध्यक्षकप फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता सञ्चालन गर्नका लागि वडा कार्यालयले वडाभित्रका टिमलाई दर्ताका लागि आह्वान समेत गरेको छ । 

वडा कार्यालयले एक सूचना जारी गर्दै भोलीदेखि टिमदर्ताका लागि आह्वान गरेको हो । वडा सचिव मित्रलाल बिकले भोलिदेखि आगामी १८ गते कार्यालय समयसम्म टिम दर्ता गर्नका लागि आह्वान गर्नुभएको हो । 

टिमदर्ता गर्न आउदा वडाले खेलाडीको नामसहित टोल विकास संस्थाको सिफारिस अनिवार्य गरेको छ । टिमदर्ता निःशुल्क रहनुको साथै खेलाडी १६ बर्ष पुराभई ४० बर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ । 

टिमदर्ता गर्दा खेलाडीको जन्मदर्ता अनिवार्य पेश गर्न भनिएको छ । खेल अबधिभर खेलाडीलाई आबश्यक पर्ने सामग्री खेलाडी आफैले ब्यबस्थापन गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस