२०८१ असोज ४ गते शुक्रवार

तुलसीपुरमा ७५ हजार बढीले गरे औषधि सेवन

तुलसीपुर, १३ फागुन । तुलसीपुरमा तीन दिनमा ७५ हजार बढीले हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गरेका छन् । नगरका १९ वटै वडामा तीन दिनमा ७५ हजार ५ सयले औषधि सेवन गरका हुन् ।

बिहिबारदेखि शुरु भएको अभियानमा सवैभन्दा बढी शुक्रबार २९ हजार ६४० जनाले औषधि सेवन गरेका हुन् । यस्तै शुरुको दिन बिहिबारमा २७ हजार ४२९ जना र शनिबार (आज) १८ हजार ४३१ जनाले औषधि सेवन गरेको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिनुभयो ।

कुन दिनमा कति जनाले खाए ?

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस