२०८१ माघ ८ गते मङ्गलवार

दाङमा स्वास्थ्य बिमामा ३२ हजार जना बिमित

दाङ, १० फागुन ।
स्वास्थ्य बीमा कार्यक्रम दाङका सबै पालिकामा सञ्चालन भइ रहेको छ । आर्थिक अभावको कारण कोहि पनि नागरिक उपचार गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भएको हो ।

स्वास्थ्य बीमा बोर्ड दाङले दिएको जानकारी अनुसार दाङमा ३२ हजार बढि विमित क्रियाशील रहेका छन् । जसमा १६ हजार नौ सय ३३ महिला र १५ हजार ६३ पुरुष छन् । सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका १५ हजार ५९१ जना विमित रहेका छन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा ७ हजार ७३८, लमही नगरपालिकामा १ हजार ७६७, बबई गाउँपालिकामा १ हजार ४३९, बंगलाचुलीमा ६७५, दंगीशरणमा ८९७, गढवामा ७७९, राजपुरमा ५३३, राप्तीमा १ हजार ४४३ र शान्तिनगरमा १ हजार ४० विमित क्रियाशील रहेका छन् ।

जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र स्युजा र बंगलाचुली अस्पतालमा बीमा गरे वापतको उपचार सेवा केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस