२०८३ असोज २० गते मङ्गलवार

ज्ञानज्योतीलाई दोश्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधी

तुलसीपुर ८ ,फागुन । दाङको तुलसीपुरमा संचालित सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित प्रतियोगिताको उपाधी ईनोभेटिभ ज्ञानज्योति क्लब तुलसीपुरले जितेको छ ।

ज्ञानज्योतिले टरिगाउँ युवा क्लवलाई ४-१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
हिरा डाँगी फाउण्डेसन तुलसीपुरको आयोजनामा आज भएको फाइनल खेलमा ज्ञानज्योतिले साबिक बिजेता टरिगाउँ युवा क्लबल तुलसीपुर-१२ लाई ट्राईबेकरमा ४-१ गोल अन्तरले पराजित गरेको हो ।

उपाधीसंगै ज्ञानज्योतिले नगद १ लाख ५१ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पारेको छ भने फाईनलमा सम्मानजनक हार व्यहोरेको टरिगाउले उपबिजेतामा सिमित रहदै नगद ७५ हजार ५ सय, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको छ ।

उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समय सम्म १-१ गोलको बराबरी भएपछि खेलको नतिजा ट्राईवेकरबाट निकालिएको हो । फाईनल खेलको म्यान अफ द म्याच ज्ञानज्योतिका जर्सी नम्बर १४ का फागुराम थारु हुनुभयो ।

प्रतियोगिताको समापन समारोह फाउण्डेसनका अध्यक्ष पोखर सिह डागीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य धन बहादुर मास्कीको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार हमालको विशिष्ट आतिथ्यमा भएको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस