२०८० फाल्गुन १५ गते मङ्गलवार

दोस्रो हिरा डाँगी स्मृति कपमा उपाधिका लागि आज ज्ञानज्योति र टरिगाउँ भिड्दै


तुलसीपुर, ८ फागुन ।
तुलसीपुरमा जारी दोस्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगितामा उपाधिका लागि आज ज्ञानज्योति इनोभेटिभ र टरिगाउँ युवा क्लव भिड्ने भएका छन् । खेल दिउँसो १ बजे अरनिको मैदानमा हुने आयोजकले जनाएको छ ।

आइतबार भएको खेलमा लखनउको साहारा फुटबल क्लबलाई एकका विरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै ज्ञानज्योति इनोभेटिभ तुलसीपुर फाइनमा प्रवेश गरेको थियो भने शनिबार भएको खेलमा एसएसएफएलाई ट्राईवेकरमा दुईका विरुद्ध चार गोलले पराजित गर्दै टरिगाउँ युवा क्लबले फाईनल यात्रा तय गरेको हो ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु–याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस