
तुलसीपुर,५ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवामा रहेको शारदा सिस्ने बोर्डिङ स्कुलले १५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बीच वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको हो । विद्यालयका संस्थापन देव बहादुर वलीको अध्यक्षता तथा नेशनल प्यावसन दाङका अध्यक्ष बिमल गौतमको प्रमुख आतिथ्यता एवं विद्यालयका प्रिन्सिपल मिन कुमार आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले शारदा सिस्ने बोडिङ स्कुलले उक्त स्थानलाई चिनाउने काम गरेको बताउँदै विद्यालयको स्तर विकासका लागि सबैले साथ दिनु पर्ने बताउनुभयो ।
जसरी अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई विद्यालयमा बढाउन पठाउनु भएको छ त्यसरी नै विद्यालयलाई माया गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
कार्यक्रममा गत वर्षको एसईमा ए प्लस ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । त्यसैगरी विद्यालयमा साताव्यापी रुपमा भएको विभिन्न क्रियाकलापमा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
विद्यालयका शिक्षक जीवन डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अभिभावकहरु कमल वली, चित्र बहादुर खड्का, दीपक वली लगायतले मन्तव्य राख्नुभएको हो । कार्यक्रममा विद्यार्थीहरुले गित नृत्य प्रस्तुत गरेका हुन् ।