२०८१ जेष्ठ ८ गते मङ्गलवार

तुलसीपुरमा ग्याँस सिलिन्डर पड्किदा दुई जना घाइते

दाङ, ४ फागुन ।
तुलसीपुर १६ मा खाना पकाउने ग्यास सिलिन्डर पड्किदा दुई जना घाइते भएका छन् ।

खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर पड्किदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहलौराका ५० बर्षिय कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ५ घर भइ हाल तुलसीपुर १६ मा बस्दै आएका २९ बर्षिय आशिष खनाल घाइते हुनु भएको छ ।

आज बिहान साढे ८ बजेको समयमा तुलसीपुर १६ मा रहेको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिन्डर ग्यास पड्किदा केसीको कम्मर मुनीको भाग जलेको भने खनालको दुबै हात र खुट्टा जलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज बाँके रिफर गरिएको छ । घाइते मध्य कुसुमको अवस्था अबस्था गम्भिर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस