२०८१ माघ २ गते बुधवार

ग्यास सिलिण्डर विष्फोटबाट कांग्रेस सांसद भण्डारी गम्भीर घाइते

गुल्मी, ४ फागुन । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हुनुभएको छ ।

गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारी बुधबार राति काठमाडौं बुद्धनगरस्थित आफ्नै निवासमा खाना पकाउने ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते हुनु भएको हो ।

घटनामा भण्डारीकी ८६ बर्षिया आमा हरिकला भण्डारी पनि गम्भीर घाइते हुनुभएको छ । दुवै जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ ।

सांसद भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको र उहाँकी आमाको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

दुर्घटनालगत्तै दुवै जनालाई अस्पताल पुर्‍याएर आइसीयुमा भर्ना गरिएको हो ।

खाना खाएर सुतिसकेपछि राति साढे १० बजेतिर सिलिण्डर विष्फोट भएको बताइएको छ । ग्यास लिक भएर विष्फोट भएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस