२०८० फाल्गुन २१ गते सोमवार

चितुवाको आक्रमणबाट बाख्रा मरेपछि खोर रित्तै

दाङ, ३ फागुन ।
दाङमा चितुवाको आक्रमणबाट एक किसानका १७ बाख्रा मरेका छन् । लमही नगरपालिका-१ का वसन्तराज अधिकारीले पालेका १९ वटामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो ।

चितुवाले बाख्रामापरेपछि खोर रित्तै भएको छ । एकै खोरमा बाधिएका बाख्रा चितुवाको आक्रमणबाट मर्दा किसानलाई ठूलो आर्थिक नोक्सानी भएको छ । १७ वटा बाख्रा मरेपछि दुई लाख बढी क्षति भएको पिडितले जानकारी दिनुभयो

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस