२०८१ कार्तिक २० गते मङ्गलवार

दुई छुट्टा-छुट्टै दुर्घटनामा पाँच जना घाइते


दाङ, २ फागुन ।
दाङमा छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । तुलसीपुर बजारको आन्तरिक राजश्व कार्यालय अगाडी र तुलसीपुर-२ बालापुरमा भएको दुर्घटनामा पाँच जना घाइते भएका हुन् ।

मंगलबार दिउँसो १२ बजेको समयमा तुलसीपुर-५ को राजस्व कार्यालय नजिकैबाट बिरेन्द्र चोकतर्फ आउँदै गरेको रा ६ प ३७७० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको रा ७ प २२२६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तिन जना घाइते भएका हुन् ।

दुर्घटनामा परि तुलसीपुर-६ का २६ बर्षिय प्रेम खत्री, शान्तीनगर गाउँपालिका-३ का ३२ बर्षिय प्रकाश बुढाथोकी र शान्तीनगर-४ का ४९ बर्षिय चेतानन्द बस्नेत घाइते हुनुभएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएका छ ।

खत्रीको दुबै हात र बायाँ खुट्टामा चोट लागेको छ । उहाँको अवस्था सामान्य रहेको छ । बुढाथोकीको बाँया हातमा चोट लागेको छ । अवस्था सामान्य रहेको छ भने बस्नेतको ढाड, दुबै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

यस्तै मंगलबार दिउँसो साढे ३ बजेको समयमा तुलसीपुर-२ नन्द्रा गाउँबाट पश्चिमतर्फ जाँदै गरेको लु १ झ १४९२ नम्बरको पिकअप र बिपरित दिशाबाट आउँदै गरेको रा २ प ५५९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा परि मोटरसाइकल चालक बबई गाउँपालिका ४ बस्ने ४२ बर्षिय जेडबहादुर पुन र मोटरसाइकलमा सवार सोही ठाउँका ३६ बर्षिय निमबहादुर सोती मगर घाइते हुनु भएको छ ।

पुनको दाहिने हातको औला काटिएको, दुबै कुममा भित्रि चोट लागेको र दाहिने घुँडामा चोट लागेको छ । अवस्था मध्यम रहेको छ । सोति मगरको दुबै खुट्टा र दाहिने हातमा चोट लागेको र अवस्था सामान्य रहेको छ । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस