२०८१ असोज ४ गते शुक्रवार

राप्ती प्रादेशिक अस्पतालमा पुगेका बिरामीहरु मर्कामा

दाङ, २९ माघ ।
चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेपछि अस्पताल पुगेका बिरामीहरु मर्कामा परेका छन् । तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि टाढा टाढाबाट आएका बिरामीहरु मर्कामा परेका हुन् ।

आज बिहान उपचारका लागि भन्दै अस्पताल पुगेका बिरामी र तिनका आफन्तहरु निराश हुँदै फर्किएका छन । सल्यानबाट बिरामी आमाको उपचारका लागि अस्पताल आएका बिर बहादुर रावतले उपचार गर्न नपाएको बताउनुभयो ।

अस्पतालमा ओपीडी सेवा बन्द छ । सुरक्षा गार्डहरुले आज ओपीडी सेवा बन्द भएको जानकारी दिंदै बिरामीहरुलाई फर्काएका छन् । माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।

आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्तामार्फत् समस्या समाधानको प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस