२०८१ माघ २ गते बुधवार

विद्यार्थीको सिकाई सहजताका लागि गोर्खा स्कुलमा शैक्षिक प्रदर्शनी

तुलसीपुर, २७ माघ ।
तुलसीपुरमा रहेको गोर्खा स्कुलले पूर्ण पुर्ब प्राथमिक तथा पूर्ण प्राथमिक प्रणाली सम्बन्धी शैक्षिक प्रदर्शनी कार्यक्रम गरेको छ । गोर्खा स्कुलमा लावण्य ईन्टरनेशनल काठमाडौँको सहयोगमा पूर्ण पुर्ब प्राथमिक तथा पूर्ण प्राथमिक प्रणाली कार्यक्रम सञ्चालन भइरहेको हो ।

गोर्खा स्कुलका प्रिन्सिपल बिजयमान जिएमको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले पूर्ण पुर्ब प्राथमिक तथा पूर्ण प्राथमिक प्रणालीले प्राथमिक तहका बिद्यार्थीका सिकाई प्रक्रियामा सहयोगी बनेको बताएका छन् ।

तुलसीपुर ६ का वडाध्यक्ष दुजमान भण्डारी, लावण्य ईन्टरनेशनलका कार्यक्रम निर्देशक डा. पुजा शाह, मनोबिमर्शकर्ता पुरुषोत्तम गौतम, गोर्खा ग्रुपका प्रमुख कार्यकारी अधिकृत नवल जिएमले पूर्ण पुर्ब प्राथमिक तथा पूर्ण प्राथमिक प्रणालीले देशका विभिन्न बिद्यालयका बिद्यार्थीलाई सहयोगी भूमिका खेलेको बताउनुभयो ।

गोर्खा ग्रुपका शिक्षा निर्देशक दुर्गाबहादुर केसीको स्वागत मन्तब्यबाट सुरु भएको पूर्ण पुर्ब प्राथमिक तथा पूर्ण प्राथमिक प्रणाली कार्यक्रमको सहजीकरण शिक्षक कमल भण्डारी र मेनुका चौधरीले गर्नुभएको हो । त्यसअबसरमा शिशुदेखि कक्षा ५ सम्मका बिद्यार्थीले विभिन्न प्रस्तुती राखेका थिए ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस