सल्यान,२७ माघ ।
सल्यानको कपुरकोट गाउँपालिका अन्तर्गतका सबै शाखा र वडाहरुले शाखा र वडा कार्यालयबाट भए गरेका काम र सेवा प्रबाहका बारेमा प्रगति प्रतिबेदन प्रस्तुत गरेका छन् ।
कपुरकोट गाउँपालिकाको १२ औँ गाउँसभामा बिहिबार सबै शाखाका प्रमुख र वडा कार्यालयका सचिबहरुले २०७९ साउन १ गते देखि २०७९ पुष मसान्त सम्मको कार्यालयबाट भए गरेका काम र सेवा प्रबाहका बारेमा प्रगति प्रतिबेदन प्रस्तुत गरेका हुन ।
गाउँसभामा प्रस्तुत गरिएका प्रतिबेदनको समिक्षा गर्दै कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले शाखा,वडा कार्यालयमा कार्यरत कर्मचारी र जनप्रतिनिधि मार्फत गरिने काम र प्रदान गरिने सेवा जनमैत्री बनाई जनतालाई सत प्रतिशत खुसी बनाउनु पर्ने बताउनुभयो ।
उहाँले कपुरकोट गाउँपालिका तथा वडा कार्यालयबाट गरिने काम र दिइने सेवा प्रबाहको बारेमा जनताबाट जनप्रतिनिधि र कर्मचारी लाई गुनासो नआउने गरी काम गर्न सबै जनप्रतिनिधि तथा कर्मचारीलाई अनुरोध गर्नु भयो । संघिय तथा प्रदेश निर्बाचनका कारण गाउँपालिकाबाट बिनियोजित बिभिन्न शिर्षकका बजेट कार्यान्वयन गर्न चुनौती छ । उहाँले भन्नु भयो बांकी रहेको छोटो समयमा समानिकरण र पुँजिगत बजेटलाइ सत प्रतिशत खर्च गर्न अब सबै लाग्नु पर्दछ । भण्डारीले छोटो अबधीमा नै गाउँसभाबाट पारित गरिएका धेरै भन्दा धेरै शिर्षकको बजेटलाई खर्च गरी जनताको चाहाना अनुसारको काम गर्न लाग्नु पर्ने बताउनु भयो ।
कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले गाउँपालिकाको शाखा र वडा कार्यालयबाट कर्मचारीहरुले गरेका कामका बारेमा जनताले गुनासो नगरुन भन्ने उदेश्यले प्रगति प्रतिबेदन प्रस्तुत गरिएको बताउनु भयो । गाउँपालिकामा कार्यरत सबै कर्मचारी जनताको काममा लाग्नु पर्छ र आफुले गरेका कामका बारेमा जनप्रतिनिधि तथा आम जनतालाई जानकारी दिनु पर्दछ ।
वलीले गाउँपालिका मार्फत गरिने सबै काम प्रबिधिका माध्यमबाट छिटो छरितो र सहज तरिकाले गरिएको जानकारी गराउदै प्रतिबेदन प्रस्तुतीले कार्यालयबाट भए गरेका काम र सेवा प्रबाहको बारेमा कहीं कतै कमजोरी भए गाउँसभा सदस्य तथा जनताबाट आएका सल्लाह सुझाबको आधारमा आगामी दिनमा कार्यालयबाट गरिने काम र सेवा प्रबाहमा सुधार गर्दै लगिने बताउनु भयो ।