२०८१ असोज १८ गते शुक्रवार

दाङमा जिप र ट्याक्टर छुट्टाछुट्टै दुर्घटना हुँदा पाँच जना घाइते

दाङ, २० माघ ।
दाङमा दुई छुट्टाछुटै सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।

तुलसीपुरबाट बबई गाउपालिका वडा नम्बर ६ बिजयनेटा जाँदै गरै जिप दुर्घटनामा परी चार जना र गढवाबाट मुसीनाकातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा एक जना घाइते भएका हुन् ।

बिजयनेटामा गरेको मे १ ज ३३६ नम्बरको बोलेरो जिप शुक्रबार साँझ पाँचबजेतिर आफै अनियन्त्रीत दुर्घटना हुँदा सोहि ठाउँका १८ वर्षिय बबिता केसीको टाउकोमा चोट लागेको छ भने सोहि ठाउँका २७ वर्ष को सेतेराम घर्तीको कम्मरमा चोट लागेको छ । घाइते दुवै जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ६० मिटर तल खसेको छ ।

यस्तै जिपमा सवारी बबई गाउँपालिका-२ बस्ने बर्ष २० का बिनिता केसीको दाया हातमा चोट लागेको छ भने जिप चालक सल्यानको कालीमाटि गाउँपालिका -३ बस्ने बर्ष २५ का लोक बहादुर केसीको वाँया हातमा चोट लागेको छ ।

घाइते दुई जनाको अवस्था मध्यम रहेको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो ।

यस्तै आज दिउँसो करिब २ बजेतिर गढवा गाउँपालिका -८ दमनमरे खोलामा गढवाबाट मुसीनाकातर्फ सिमेन्ट र छड लिई जादै गरेको रा १ त ३६३७ ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा चालक गढवा गाउँपाकिला-६ बस्ने बर्ष ३२ को मंगल चौधरीको दुबै हात र खुट्टामा चोट लागेको छ ।

घाइते चौधरीलाई उपचारको लागी लमही अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस