२०८१ बैशाख ७ गते शुक्रवार

नारायणपुरमा प्रथम जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु

दाङ, २० माघ ।
प्रथम दाङ जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि नारायणपुरमा सुरु भएको छ ।

नारायणपुर तेक्वान्दो डोजाङको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिका वडा न १० का अध्यक्ष दिपक पाण्डेले गर्नुभएको हो । त्यस अवसरमा अध्यक्ष पाण्डेले खेल पूर्वाधार विकास बिना सिङ्गो खेलकुदको विकास असम्भव भएको बताउनु भएको छ ।

राज्यले खेलकुद क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन नसकेका कारणले खेलकुदले अपेक्षाकृत फड्को मार्न नसकेको उहाँको भनाई छ ।

वडा अध्यक्ष पाण्डेले वडाका तर्फबाट खेलकुदका भौतिक पुर्वाधार निर्माण र खेल गतिविधिलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिवद्ता समेत ब्यक्त गर्नुभयो । त्यस्तै लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले मानव जिवनको अभिन्न अंगको रुपमा रहेको खेलकुदको विकास र बिस्तारका लागि स्थानिय स्तरबाट लाग्नु पर्ने बताउनुभयो ।

जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्यले स्वस्थ जिवनशैलिका लागि खेलकुद महत्त्वपुणर् भएको बताउनुभयो ।

नारायणपुर डोजाङ्गका प्रमुख तिलक झाक्रीमगरको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

प्रतियोगिता संचालन समितिका सदस्य प्रमोद चौधरीको स्वागत रहेको कार्यक्रमको संचालन तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियारले गर्नु भएको हो ।

शनिवार भोलिसम्म चल्ने प्रतियोगितामा जिल्लाका डोजाङहरुका झण्डै १ सय ५० बढी खेलाडिहरुको सहभागिता रहेको छ । प्रतियोगिताको गेरोगी पुरुष तर्फ १० र महिला तर्फ ८ तौल समूह तथा महिला पुरुष सिनियर जुनिएर पुम्सेमा कडा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस