२०८१ माघ २ गते बुधवार

दाङमा योग विषय विद्यालयदेखि विश्वविद्यालय तहसम्म


दाङ, ५ माघ । दाङमा योग विषय अध्ययनका लागि विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रममा समावेश गर्न थालिएको छ । पछिल्लो समयमा योगप्रति आकर्षण बढ्न थालेपछि विश्वविद्यालयले पाठ्यक्रममा समावेश गर्न लागेको हो ।

दर्शनका पाँचवटा शास्त्र अध्यापन गराउँदै आएको नेपाल संस्कृत विश्वविद्यालयले आचार्य (स्नातकोत्तर) तहमा योगलाई समेत पाठ्यक्रममा समावेश गरेको हो ।

नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीका अनुसार शैक्षिक सत्र २०८० देखि अध्यापन गराउने उद्देश्यले योगको पाठ्यक्रम तयार पार्न सुरु गरिएको छ ।

कुलसचिव सहप्राध्यापक अधिकारीले संस्कृततर्फ आचार्य (स्नातकोत्तर) जीवनशैली तथा योगविज्ञान र प्राकृतिक चिकित्सा स्नातक तहमा समेत योगको विषय अध्यापन गराउनका लागि पाठ्यक्रम तयार पारिएको बताउनुभयो ।

संस्कृत विषय समावेश गरे पनि छुट्टै पाठ्यक्रमका रूपमा समावेश गरिएको थिएन। विद्यालय तहमा समेत योग विषय अध्ययनका लागि पाठ्यक्रम तयार पारिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीका अनुसार स्थानीय पाठ्यक्रममा योगलाई समावेश गरेर पाठ्यक्रम तयार पारी पाठ्यपुस्तक प्रकाशनको तयारी गरिएको बताउनुभयो ।

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस