२०८० फाल्गुन १५ गते मङ्गलवार

तुलसीपुरमा दोस्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता हुने


दाङ, २९ पुस ।
दाङको तुलसीपुरमा दोस्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । हिरा डाँगी फाउण्डेसनको आयोजनमा आगामी फागनु २ गतेदेखि ८ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद-राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा ८ ओटा आमन्त्रीत टोलीले सहभागीता जनाउने दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिजेता टिमले नगर १ लाख ५१ हजार ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छ भने उपबिजेता टिमले ७५ हजार ५ सय प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्कीपर र उत्कृष्ट गोलकर्ताले नगद ३ हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् भने म्यान अप द म्याच ७ जनाले १/१ हजार र ट्रफि पाउने छन् ।

प्रतियोगिता अरनिको मैदान तुलसीपुरमा हुने सदस्य मिग्मा चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस