
दाङ, २८ पुस ।
दाङमा मोटरसाइकल दुघटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा परी घोराही-१० जलौराका का १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा मोटर साइकल चालक सोही स्थानका १९ वर्षीय मंगल चौधरी र मोटरसाइकलमै सवार अन्दाजी २३ वर्षीय ऋषिराज चौधरी घाइते भएका छन् । उनीहरूको भैरहवा अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये ऋषिराजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रा ४ प ६०५१ नम्बरको मोटरसाइकल गएराति साढे १२ बजे अनियन्त्रित भई सडक देखि अन्दाजी १५ मिटर तल खेतमा खसेको इलाका प्रहरी कार्यालय नारायणपुर दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिका ११ अवलडाँडाबाट नारायणपुरतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रीय भई दुर्घटनामा परेको हो ।
प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार