२०८१ जेष्ठ ८ गते मङ्गलवार

दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु


तुलसीपुर, २६ पुस ।
दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । दङ्गीशरण गाउँपालिका वडा- १ बाँकीका ५२ बर्षीय रुद्रबहादुर बहादुर भण्डारी ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

बाँकीबाट गोल्टाकुरी तर्फ जाँदै गरेको भे १ त ४०६६ नम्बरको ट्याक्टरको बिचभाग टोचनमा चढ्नुभएका भण्डारी खसेपछि पछाडीको भागले किचेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृतक भण्डारीको शवलाई पोर्टमाटमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस