२०८१ चैत्र ७ गते बिहिवार

पाल्पामा बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु


पाल्पा, २२ पुस ।
पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ मा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।

रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेतर्फ जाँदै गरेको श्रीनगर यातायात समितिको ग १ ख ४९७७ नम्बरको बस गएराति १० बजेतिर धार्तिगैरा भन्ने स्थानमा पल्टिएको हो ।

६ जनाको घटनास्थलमै मृत्यु भएको र १६ जना घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको उद्धारमा खटिएका प्रहरी निरिक्षक श्रीराम भट्टले जानकारी दिनुभयो ।

भट्टका अनुसार मृतक सबै महिला हुन् तर उनीहरुको सनाखत भएको छैन् । बसमा २२ जना सवार रहेको बताइएको छ । घाइते सबै बोल्ने अवस्थामा रहेको भट्टले जानकारी दिनुभयो । दुर्घटनास्थल सत्यवती-सालझण्डी-सन्धिखर्क सडक अन्तर्गत पर्दछ ।

प्रकाशित मिति : २०७९ पुष २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस