२०८१ जेष्ठ ५ गते शनिवार

गौरीतालको थप विकासका लागि डिपीआर सुरू

दाङ, १६ पुस । गौरीताललाई विकास गरि थप ब्यबस्थित गरिने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० गौरीगाउँमा रहेको ताललाई पर्यटकियस्थलको रूपमा विकास गर्नका लागि बिस्तृत परियोजना प्रतिवेदन डिपीआर गर्न सुरु भएको छ ।

त्यसका लागि प्राबिधिक टोलीले अनुगमनसँगै सर्बेक्षणको काम आजदेखि काम सुरु गरेको हो ।

ताललाई १० नम्बरको मात्रै नभएर समग्र उपमहानगरकै चिनारीका रुपमा परिचित गराउन डिपिआर गर्न सुरु भएको हो ।

गौरीताललाई पर्यटकिय स्थलको रूपमा विकास गर्नका लागि डिपिआर तयार पार्न बाकेको कोहोलपुरदेखि आएको प्राबिधीक टोलीले अनुगमन तथा स्थलगत निरिक्षण सँगै आजदेखि कामको सुरुवात गरेको वडा नम्बर १० का वडा अध्यक्ष यमराज केसीले बताउनुभयो ।

वडा अध्यक्ष केसीले चुनावताका आफुले वडावासी सँग गरेको प्रतिबद्धता पूरा गर्न लागि सो कामको सुरूवात गरेको बताउनुभयो ।

डिपिआर तयार गर्नका लागि वडाध्यक्ष केसीको पहलमा उपमहानगरपालिकाको सहयोगमा डिपीआरको काम थालनी भएको हो ।

यता प्राबिधिक टोलीले आजदेखि कामको थालनी सुरु गरेको र प्रारम्भिक खाका माघको तेस्रो साता तयार पार्ने र फागुनको दोस्रो सातासम्म डिपिआरको पुणर् खाका उपमहानगरलार्ई बुझाउने प्राबिधिक टोलीका प्रमुख भुपेन्द्र वलीले बताउनुभयो ।

उपमहानगरले प्रतिवेदन पुन वडाकार्यालयलाई हस्तान्तरण गर्नेछ । त्यसपछि वडा कार्यालयले सम्बन्धित मन्त्रालयसँग आबश्यक बजेटका लागि पहल गरेर काम अगाडी बढाउने वडाअध्यक्ष केसीले बताउनुभयो ।

वडाअध्यक्ष केसीले चुनावताका गरिएका प्रतिबद्धतासँगै वडाको समग्र विकासमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस