२०८१ जेष्ठ ५ गते शनिवार

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ, १६ पुस ।
सवारी दुर्घटनामा परी प्युठानका एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवलको अस्पताल लाइनमा भएको सवारी दुर्घटनामा परी प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर १ अर्तुवाङका २८ वर्षीय रोशन गिरीको मृत्यु भएको हो ।

दुर्घटनामा २९ वर्षीय सुरेश तामाङ र मिनबहादुर तामाङ घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ज ६३६७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको जिप सडकको मध्यभागमा रहेको पर्खाल र बारनाघेर विपरीत दिशामा पुगेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस