दाङ, २४ मंसिर ।
दाङको तुलसीपुरमा पतञ्जली योग अरनिको साधना केन्द्रको उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को समिक्षालयमा केन्द्रको उद्घाटन गरिएको हो ।
पतन्जली योग लुम्बिनी प्रदेशका सल्लाहकार तथा दाङका योग पिता देवराज आचार्यले केन्द्रको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा प्रमुख अतिथि आचार्यले योगालाई सहज बनाउनका लागि केन्द्रको स्थापना गरिएको बताउनुभयो ।
उद्घाटन अवसरमा लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह, लुम्बिनी प्रदेश मिडिया प्रभारी डा. अरुण कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश सोसल मिडिया प्रभारी अन्जु रेग्मी, दाङ जिल्ला उपाध्यक्ष बिनोद चौधरीले मानसिक एवं शारिरीक स्वास्थ्यका लागि योगलाई गाउँगाउँसम्म फैलाउनुपर्ने बताउनुभयो ।
सरस्वती भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा टिका केसी, पतन्जली योगका जिल्ला महिला अध्यक्ष सहाना श्रेष्ठ, पतन्जली योग युवा नेपालका जिल्ला अध्यक्ष केतनारायण आचार्य, पतन्जली योग जिल्ला सचिव टेकबहादुर खड्का, जिल्ला वाणिज्य प्रभारी दानबहादुर बुढाथोकीले मन्तव्य राख्नुभएको हो । कार्यक्रमको सहजीकरण रेखा शर्माले गर्नुभएको हो ।
यसैबिच पतन्जली योग अरनिको साधना केन्द्र तुलसीपुरको नयाँ समिति गठन गरिएको छ । डा. अरुणकुमार श्रेष्ठको संरक्षकत्वमा तथा लोकराज गिरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
समितिको सहअध्यक्षमा पवित्रा रिजाल, उपाध्यक्षमा गंगा खड्का वली, लिला बहादुर वली, महासचिवमा बिमल श्रेष्ठ, सचिवमा बिनु श्रेष्ठ बस्नेत, सहसचिवमा सपना बस्नेत, कोषाध्यक्षमा हरि कडेल, सोसल मिडिया प्रभारीमा रेखा शर्मा चयन हुनुभएको छ । यस्तै सदस्यमा सरस्वती भट्टराई, सबिता गौतम, निलम बस्नेत, हेमा वली, बिमला केसी र गिता रेग्मी चयन हुनुभएको छ ।
यस्तै केन्द्रको बरिष्ठ सल्लाहकारमा योगेन्द्र शाह, सुमन गिरी, सल्लाहकारमा अनुपकुमार श्रेष्ठ, टिका केसी, शारदा बस्नेत, व्यवस्थापन संयोजकमा योगेन्द्र गुप्ता, सचिवमा सन्तोष खड्का, सदस्यमा चन्द्रा वली, हरिकला भण्डारी र सरिता भुषाल चयन हुनुभएको छ ।