२०८१ माघ ६ गते आइतवार

चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता महावीर विश्वकर्माको निधन

दाङ, ६ मंसिर ।
चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ । प्रहरीका अनुसार आज बिहान चितवनको राप्ती नगरपालिका-६ हर्दीचोकमा बिग्रेर रोकिराखेको ना२ख ८५२२ नम्बरको ट्रकसँग बा४ख ४१२ नम्बरको माइक्रो ठोक्किँदा सञ्चारकर्मी विश्वकर्माको निधन भएको हो ।

उहाँको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विश्वकर्माको रेडियो कार्यक्रम ‘बहकिने मन’ स्रोतामाझ निकै चर्चित छ ।

त्यस्तै, माइक्रोकोमा सवार चालकसहित ५ जना घाइते भएका छन् । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा चितवन राप्ती-५ का २१ वर्षीय आयुष तामाङ, सोही स्थानका हाइस चालक २६ वर्षीय शंकर चौधरी, २६ वर्षीय उज्ज्वल मैनाली, ४६ वर्षीय जवारीलाल बिक र धादिङको रोराङ गाउँपालिका-५ का २१ वर्षीय कुशल बिसुराल घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस