२०८० फाल्गुन २२ गते मङ्गलवार

दाङसहित पश्चिम नेपालमा ५ दशमलव १ रेक्टरस्केलको भूकम्प

दाङ, २६ कार्तिक ।
दाङसहित पश्चिम नेपालमा भुकम्पको धक्का महशुस गरिएको छ । आज राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

लुम्बिनी र कणर्ाली प्रदेश लगायत सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । कतिपय ठाउँमा भूकम्पको धक्का पछि स्थानीयको भागाभाग भएको छ ।

डोटीमा अहिले पनि सबै नागरिक सडकमै आगो बालेर बसेका छन् । मङ्गलवार राति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ६ जनाको मृत्यु भएपछि नागरिक त्रासमा छन् । भूकम्पको क्षतिबारे भने थप जानकारी आउन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस