२०८१ असार ३० गते आइतवार

जाडो बढ्न थालेसँगै बिहानको समयमा हुस्सु

तुलसीपुर, २२ कार्तिक । जाडो बढ्न थालेसँगै बिहानको समयमा हुस्सु कुहिरो लाग्न थालेको छ । दाङ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बिहानैदेखि धुम्म छ, मौसम खुलेको छैन । अहिले बिहानदेखि लागेको हुस्सु कुहिरो बिस्तारै हट्दै गइ घाम लाग्ने मौसमविद् विनु महर्जनले बताउनुभयो ।

उहाँका अनुसार तराईका जिल्लामा पनि यतिबेला कुहिरो लागेको छ । भोलि दिउँसो पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कणर्ाली प्रदेशका पहाडी क्षेत्रमा भोलि दिउँसो हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस