
भारत-
भारतको गुजरातमा पुल भत्किँदा ६८ जनाको मृत्यु भएको छ । गुजरात राज्यको मोरबीस्थित मच्छु नदीमा झोलुङ्गे पुल भत्कँदा ६८ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा कैयौँ व्यक्ति नदीमा खसेका र उनीहरु फँसेको आशंका गरिएको छ।दुर्घटनामा कैयौँ व्यक्ति नदीमा खसेका र उनीहरु फँसेको आशंका गरिएको छ ।
प्रहरीले नदीमा खसेका व्यक्तिहरुको उद्धार गरिरहेको छ । करीब एक सताब्दी पुरानो यो पुलको मर्मतपछि हालै सर्वसाधारणका लागि खोलिएको थियो ।
मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २ लाख रुपैयाँ र घाइतेका लागि ५० हजार रुपेयाँ राहत दिने घोषणा गरिएको छ ।
यस्तै, गुजरातका मुख्यमन्त्री भूपेंद्र पटेलले दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई ४ लाख रुपेयाँ तथा घाइतेका लागि ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।।
प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार