२०८१ चैत्र ६ गते बुधवार

दाङमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

दाङ, १२ कार्तिक ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –१७ मज्गैंका २४ वर्षका रवि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनुभयो ।

शुक्रबार (गएराति) पौने ९ बजे तुलसीपुर उपमहागनरपालिका – ६ मदन आश्रित चोक नजिकै रा ७ प १६२९ मोटरसाइकल अनियन्त्रित भएर पल्टिंदा बस्नेत घाइते हुनुभएको थियो ।

घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस