
दाङ, ११ कार्तिक ।
दाङमा बबई नदिमा डुबेर एक जनाको मृत्यु भएको छ । नदिमा डुबेर तुलसीपुर उपमहानगरपालिका-१४ मटेरा का ६० वर्षिय बुद्धिराम अधिकारीको मृत्यु भएको हो ।
अधिकारीको बबई नदी तर्ने क्रममा शुक्रबार बिहान डुबेर मृत्यु भएको तुलसीपुर उपमहानगरपालिका-१४ का वडा अध्यक्ष शंकर खड्काले जानकारी दिनुभयो ।
भोजपुरकै स्कुलबाट डुरुवा जाने क्रममा बबई नदिमा डुबेर मृत्यु भएको वडाअध्यक्ष खड्काले बताउनुभयो । अधिकारी बबई नदिमा डुब्दै गर्दा बचाउ भनेको स्थानीयले सुनेपनि गाउँका सबै जुटेर आउँदासम्म उहाँको मृत्यु भइसकेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०७९ कार्तिक ११ गते शुक्रवार