२०८१ बैशाख ९ गते आइतवार

रुन्टीगढीमा पालिका तथा वडास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु

रोल्पा : रोल्पामा उषा किरण शान्ति जागरण युवा कलबको आयोजनामा पालिका तथा वडास्तरीय विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शनिबारबाट शुरु भएको छ ।

रोल्पाकको रुन्टीगढी गाउँपालिका र वडा नं ९ को सहयोगमा वडा नम्बर ९ को सखि स्कुल प्राङ्गणमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको हो ।

उक्त कार्यक्रममा भलिबल प्रतियोगीतामा प्रतिस्पर्धा गर्नका लागि १३ वटा टिम दर्ता भएको आयोजकले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन, विशिष्ट अतिथि वडा नं ९ का अध्यक्ष चेतलाल खत्री रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पुनले खेलकुदले मानिसलाई स्वच्छ, स्फुर्त, अनुशासित तथा लगनशील बन्नमा सहयोग पुर्‍याउने भन्दै मानव जीवनका लागि खेलकुद अति महत्वपुर्ण तत्व रहेको उल्लेख गरे ।

त्यस्तै वडा नं ६ स्थित नेपाल राष्ट्रिय मावि डुब्रिङमा समेत वडास्तरीय खेलकुद तथा विविध कार्यक्रम शुरु भएको छ । खेलकुद प्रतियोगीताका लागि १८ टिमले भाग लिएको आयोजकले जानकारी दिएको छ ।

भलिबल, खुला लोक गीत, भाले छोपाइ, घैंटा फोर, एकल नृत्य र महिला कुषि दौड रहेको खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजक समितिका अध्यक्ष खगेन्द्र सार्कीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि रुन्टीगडी गाउँपालिका अध्यक्ष पुन, विशिष्ट अतिथि वडा नं ६ का अध्यक्ष घन बहादुर घर्तीका साथै अन्य अतिथिहरुमा नेकपा एमालेका वडा अध्यक्ष अर्जुन पुन, नेपाली कांग्रेस वडा सभापति केशर बिक, नेकपा माओवादी केन्द्रका प्रतिनीधि लुद्र बहादुर बिक, ने.रा माविका प्रअ केशर बहादु घर्ती, ने.रा माविका व्यवस्थापन समितिका अध्यक्ष तिलक पुन, रेडक्रस सोसाईटी उप शाखा होलेरीका सभापति लक्षिराम थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम कात्तिक ७ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस