२०८१ बैशाख ९ गते आइतवार

तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको हाइस दुर्घटना

दाङ, ३ कार्तिक ।
तुलसीपुर अमिलिया सडक खण्डकोे भञ्ज्याङमा उईङगर हाइस दुर्घटना भएको छ । दुर्घटनामा १ जना गम्भिर र २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते हुनेमा बाँकेको राझाका २७ वर्षका राजन बिक रहेको र थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक सुरेन्द्र बिक्रम बतौंलाले जानकारी दिनुभयो ।

त्यसैगरी अन्य घाइते तुलसीपुर उपमहानगरपालिका – १६ का ५० बर्षका सरिता बस्नेत र दंगीशरण गाउँपालिका – १ बाँकीका २० वर्षका टोपेन्द्र बिष्ट रहेको उहाले बतायनुभयो । घाइतेहको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको भे १ ज ७९२ नम्बरको उइङगर हाइस बिहिबार अपरान्ह करिव सवा ४ बजे अनियन्त्रित भएर पल्टिंदा दुर्घटना भएको उहाँले जानकारी दिनुभयो । गाडिको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त गाडिमा ७ जना सवार रहेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस