२०८१ जेष्ठ ९ गते बुधवार

केसीको खेतमा पानी चार्ने क्रममा करेन्ट लागेर मृत्यु


दाङ, २ कार्तिक ।
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० पड्ढा सुनवाका ३२ वर्षिय तिलक केसीको मृत्यु भएको हो ।

केसीलाई बुधबार (आज) दिउँसो तीन बजेतिर खेतमा सिंचाई गर्ने क्रममा मोटरको तार सर्ट हुँदा करेन्ट लागेर घट्नास्थमै मृत्यु भएको तुलसीपुर १० का वडा अध्यक्ष यमराज केसीले जानकारी दिनुभयो ।

शबलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । भोलि बिहानमात्रै पोष्टमार्टम गरिने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार
प्रतिक्रिया दिनुहोस