२०८१ असार ९ गते आइतवार

पहाडी क्षेत्रमा आज हल्का वर्षाको संभावना


दाङ, २ कार्तिक ।
दाङसहित देशका अधिकांश ठाउँमा मौसम सफा रहने भएको छ । तर केहि पहाडी क्षेत्रमा मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी अर्थात् पूर्वी वायु बाहिरिएसँगै नेपालमा अहिले पश्चिमी वायु सक्रिय हुन थालेको छ ।

पश्चिमी वायुकै प्रभावका कारण पहाडी क्षेत्रको मौसम बद्ली भई हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।

उहाँका अनुसार बिशेषगरि सुदूरपश्चिम, लुम्बिनी र कणर्ाली प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । बिहान बेलुका चिसो भए पनि घाम चर्किदा दिउँसो भने गर्मी छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार
प्रतिक्रिया दिनुहोस