२०८२ जेष्ठ ८ गते बिहिवार

यसवर्ष प्राकृतिक विपदमा परेर २३९ जनाको मृत्यु


दाङ,३० असोज ।
बाढी पहिरोलगायतका प्राकृतिक विपदमा परेर २ सय ३९ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै पहिरोका कारण मानवीय क्षति भएको छ । गएको वैशाख १ गतेदेखि शुक्रवारसम्मको तथ्याङ्क अनुसार यसपालि पहिरोका ३ सय १७ घटना भएका छन् । त्यसमा परेर ९४ जनाको ज्यान गएको छ । १८ जना बेपत्ता भएका छन् ।

यस्तै, बाढीका कारण १९ जनाको ज्यान गएको छ भने १५ जना बेपत्ता भएका छन् । ठूलो वर्षामा परेर ८ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस्तै, यो अवधिमा परेको चट्याङ लागेर ८० जनाले ज्यान गुमाएका छन् । आगलागीका परेर २७ जनाको ज्यान गएको छ । यस्तै, हुरीबतासका कारण ९ र हिमपहिरोमा परेर २ जनाको निधन भएको प्राधिकरणको तथ्याङ्क छ ।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस