२०८१ मङ्सिर २२ गते शनिवार

अबको दुई/तीन दिनपछि मनसुन बाहिरिने सम्भावना

दाङ, २६ असोज ।
यसपालि मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात १६ गतेसम्म मात्रै रहने भनिए पनि मनसुन अझै बाहिरिएको छैन ।

मनसुन कायमै रहेकाले एक दुई दिन क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । तर, अब ठूलो वर्षाको सम्भावना भने नरहेको उहाँको भनाइ छ ।

अहिले दाङसहित आसपासका क्षेत्रमा घाम लागेको छ । अबको दुई तीन दिनपछि पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने पनि मौसमविद्को भनाइ छ । मौसमविद् पौडेलले भन्नुभयो, ‘आउँदो शनिवार र आइतवार पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने अनुमान छ, तर आधिकारिक पुष्टि भने भइसकेको छैन ।’

यसैबीच, केही दिन लगातार झरी परेसँगै चिसो हुन थालेको छ । न्यूनतम र अधिकतम तापक्रममा खासै घटबढ नभए पनि लगातारको झरीका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परेको र राम्ररी घाम नलागेकाले चिसो महशुस भएको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस