२०८० फाल्गुन २१ गते सोमवार

दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई सशस्त्र प्रहरीको मृत्यु

दाङ, २२ असोज ।
दाङको देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर ३ मुसरियामा शुक्रबार राति करिव १० बजेतिर भएको लु ४० प ४९२२ नम्बरको मोटरसाईकलमा सवार सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर भालुवाङका कार्यरत दुवै जना सशस्त्र प्रहरीको मृत्युु भएको हो ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ६ का सुलेश चौधरी र लमही नगरपालिका १ का लहानु चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर भालुवाङका सशस्त्र प्रहरी उपरीक्षक बिनोद केसीले जानकारी दिनुभयो ।

चौधरीद्वय सशस्त्र प्रहरी रहेको र उनीहरु ज्वालामाई गणमा कार्यरत थिए । उनीहरु लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएर डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका गण प्रमुख एसपी केसीले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस