२०८१ मङ्सिर २३ गते आइतवार

दशैँको मुखैमा दाङमा खोलामा डुबेर दुई बालकको मृत्यु

दाङ, १९ असोज ।
दाङमा डुबेर बालकको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ६ स्थित अर्जुन खोलामा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लमही – ४ अर्नवा गाउँका अमित बिक र सोही ठाउँका ललित परियारको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । उनीहरू दुवैको उमेर ११ देखि १२ वर्ष रहेको प्रहरीले जनाएको छ ।

पाँच जना बालक मिलेर अर्जुन खोला पुनमुनि नुहाउने गएकामध्ये दुई जना डुबेपछि नजिकैका थप तीन जनाले सशस्त्र प्रहरी बललाई खबर गरेका थिए । त्यसपछि सशस्त्र प्रहरीले उनीहरूलाई उद्धार गरी लमही अस्पतालमा पुर्‍याएको थियो । अस्पताल पुर्‍याएलगत्तै उनीहरू दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटना मंगलबार साँझ पाँच बजेमात्रै प्रहरीलाई सूचना प्राप्त भएको थियो । दुई बालक मंगलबार दिउँसो साढे ३ बजेतिर नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएको खबर साथीहरूले सशस्त्र प्रहरीलाई अवगत गराएका थिए ।

दसैंको पूर्व सन्ध्यामा अर्नवा गाउँका दुई बालकको डुबेर मृत्यु भएपछि अर्नवा गाउँ शोकमा डुबेको छ ।

प्रकाशित मिति : २०७९ असोज १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस