२०८० फाल्गुन २१ गते सोमवार

काठमाण्डौ जाँदै गरेको बस तुलसीपुरमा दुर्घटना


दाङ, २७ भाद्र ।
तुलसीपुरबाट काठमाण्डौको लागि छुटेको बस तुलसीपुरमा दुर्घटनामा परेको छ ।

तुलसीपुरको पीपलबोटको उकालोमा तुलसीपुरबाट काठमाडौका लागि छुटेको ना ६ ख १२९० नम्बरको बस सोमबार बेलुका साढे पाँच बजेतिर दुर्घटनामा परेको हो ।

पिपलबोटको उकालोमा बसमा डिजेल सकिएपछि पछाडी ब्याक सर्दा नजिकै रहेको न्यू बस्त्रालय फेन्सी पसलमा ठोकिएको छ ।

बस पसलमा ठोकिदा मानविय क्षति भने हुन नपाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

चालकले सावधानी अपनाएका कारण मानविय क्षति हुन नपाएको हो । बसलाई निकाल्ने कोसिस भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस