२०८० फाल्गुन २१ गते सोमवार

सर्पदंशबाट दाङमा एक बालिकाको मृत्यु

दाङ, २४ भदौ ।
दाङमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नं ५ महतिनिखोलाका ११ वर्षिया सानुमाया विकको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

बालिकालाई गएराती घरमै सुतिरहेको समयमा सर्पले औलामा टोकेको हो । सर्पले टोकेपछि उपचारको लागि लमही ल्याउदै गर्दा बालिकाको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । बालिकाको शवलाई लमही अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस