२०८० फाल्गुन १५ गते मङ्गलवार

दाङमा ट्रक पल्टीदा मृत्यु भएका सहचालकको खुल्यो, पहिचान

दाङ, २२ भदौ ।
दाङमा ट्रकले च्यापिएर मृत्यु भएका सहचालकको पहिचान खुलेको छ । बुधबार दिउँसो भएको दुर्घटनामा परी रुपन्देहीको राहिणी गाउँपालिका वडा नम्बर ६ का अन्दाजी २५ वर्षका सखर खा को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

घोराहीबाट भैरहवा जाँदै गरेको ट्रक लु २ ख ५९३ नम्बरको घोराही -लमही सडक खण्ड अन्तर्गत घोराही-३ भैसी बगाउने खोलामा पल्टीएको डिएसपी गौतमले जानकारी दिनुभयो ।

भैसीको छाला लिएर जाँदै गरेको ट्रक बे्रक फेल भएर पल्टीएको हो । ट्रक पल्टीएपछि चालक फरार रहेका छन् । ट्रकमा च्यापिएर घटनास्थलमै निधन भएका युवकको शबलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । सडक बिचमै ट्रक पल्टीएपछि केहि बेर सडक अवरुद्ध भएको थियो । अहिले एकतर्फीरुपमा सवारी संचालनमा आएका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस