दाङ, १० भदौ ।
दाङ जिल्ला तेक्वान्दो संघले आफ्नो कार्यालय स्थापना गरेको छ । संघले तुलसीपुर उपमहानगरपालिका वडा नंम्वर १७ बेलझुण्डीमा आफ्नो कार्यालय स्थापना गरेको हो ।
निश्चित स्थानबाट कार्यालय सञ्चालन गरेर काम कार्वाहीलाई अगाडी बढाउदा तेक्वान्दो खेलाडीहरु खुशी भएका छन् ।
२०५७ सालमा स्थापना भई तेक्वान्दो खेलको विकासका लागी काम गर्दै आएको संघले आजदेखी अव आफ्नै कार्यलयबाट आफ्ना कामलाई अघि बढाउने संघका अध्यक्ष विष्णु अधिकारीले जानकारी दिनुभयो । २०७८ सालबाट कार्यभार सम्हालेको अधिकारी नेतृत्वको टोलीले जिल्लामा पहिलो पटक कार्यालय नै स्थापना गरेर आफ्ना गतिविधिलाई सञ्चालन गरेको हो ।
संघले जिल्लामा सञ्चालनमा रहेका डोजाङहरुको गतिविधि तथा गर्ने काम कामकार्वाहीमा समन्वय, सहयोग र सहकार्य र्गर्ने काम गर्दै आएको छ । उहाँका अनुसार अहिले जिल्लामा सञ्चालनमा रहेका ४० वटा डोजाङबाट २५ सय देखी ३ हजारसम्म खेलाडीले खेल खेल्दै आएका छन् ।
कोरियाबाट सुरु भएको यो खेल नेपालमा २०३९ सालबाट खेल्न शुरु गरिएको हो । पछिल्लो समय तेक्वान्दोप्रति चासो राख्ने र खेल्ने हरु ब्यक्तिको सँख्या बढ्दै गएको छ । तेक्वान्दो खेलसँगै स्वस्थ, तन्दुरुस्त, निरोगी र फुर्तिलो रहने उत्तम व्ययाम पनि हो । तेक्वान्दो गेरुगी र पुम्से विद्यामा खेल्न सकिन्छ ।