२०८१ मङ्सिर २३ गते आइतवार

पातुखोलामा यसवर्षकै उच्च बाढी (भिडियोसहित)


तुलसीपुर, १० भदौ ।
अविरल वर्षापछि पातुखोलामा यसवर्षकै उच्च बाढी भएको छ । गएरातीदेखि परेको अविरल वर्षापछि खोलामा बाढी आएको हो । वर्षा पर्याप्त नहुँदा भदौको दोस्रो साता लागि सक्दासमेत पातुखोला सुख्खा रहेको थियो ।

शुक्रबार बिहानदेखि परेको वर्षातपछि खोलामा यसवर्ष अहिलेसम्मकै ठुलो बाढी आएको तुलसीपुरका स्थानीय घनश्याम बुढाथोकीले बताउनुभयो । खोलामा पानी नहुँदा किसानले रोपाईसमेत गर्न पाएका थिएनन् ।

अहिले रोपाई समय सकिएपछि पनि खोलामा आएको बाढीले किसानलाई केहि राहत दिएको उहाँले बताउनुभयो । तर खोलाका बाढी आएपछि खोला वरपरका वस्तीका नागरिक भने त्रसित भएका छन् । भिडियो :

भिडियो स्रोत : घनश्याम बुढाथोकी

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस