२०८१ जेष्ठ ५ गते शनिवार

माछा मार्ने क्रममा करेन्ट लागेर बाबुछोराको मृत्यु


तनहुँ, ३ भदौ ।
तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर बाबुछोराको मृत्यु भएको छ ।

शुक्लागण्डकी नगरपालिका २ कोत्रेस्थित गुवेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा पाल्पाको निस्ती गाउँपालिका ५ घर भइ हाल कोत्रेमा बंगुर फार्ममा काम गर्दै आएका २२ वर्षका चित्रबहादुर ब्याम्बो र उहाँको ९ महिनाका छोरा आदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार ब्याम्बोको श्रीमति १९ वर्षका दिलमाया भने घाइते हुनुभएको छ । उहाँको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस