२०८० फाल्गुन २२ गते मङ्गलवार

दाङमा खोलामा डुबेर एक युवकको मृत्यु


दाङ, २८ साउन ।
दाङमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-२ रामपुर बुका निवासी २६ बर्षिय निराजन पोख्रेल रहेको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडि खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

पोख्रेल शनिबार दिउँसो साथीहरु संग नुहाउन घोराही उपमहानगरपालिका-२ स्थित अर्जुन खोला र मसोट खोलाको दोभानमा पुगेको प्रहरीले जनाएको छ । दिउँसो नुहाउने क्रममा मान्छे डुबेको सुचना पाए लगत्तै डिएसपी बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो ।

खोज तलास गर्ने क्रममा पोख्रेल खोँचमा अड्किएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । निराजन आफ्ना अन्य २ जना साथि सहित पौडि खेल्न पुगेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस