आलोक भावुक ।
गढवा, २६ साउन ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवामा निर्माणाधिन १५ सैयाको गढवा स्वास्थ्य चौकीको स्थलगत अवलोकन गर्नुभएको छ ।
पुरानो संरचना भत्काएर १५ सैयाको नयाँ भवन निर्माण भैरहेको छ । भवन-निर्माण कार्य सुरु भए देखी स्वास्थ्य चौकीले दिदै आएको सम्पुणर् आकस्मिक सेवाहरु बन्द भएको छ। अहिले एउटै भवनको बिभिन्न कोठामा सिमित रही आकस्मिक सेवा बाहेक अन्यसबै सेवाहरु प्रदानगर्दै आएको छ ।
भवन निर्माण सम्पन्न नहुंदा सम्म स्थानियहरु लाई ठुलो सास्ती भोग्नु परेको छ । आकस्मिक सेवाका लागी लमही अस्पताल लगाएको ठाउँमा जान बाध्य भएका छन् ।
भवन निर्माणमा ढिलाई नहोस्, सम्झौता अनुसार नै निर्माण कार्य सम्पन्न गरी समयमै आकस्मिक सेवा सहितको सबै सेवा सुचारु गर्न लागि परेको गढवागाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा अध्यक्ष शर्माले स्वास्थ्य चौकी गढवाका डाक्टर लगाएतको टिम संग छलफल गर्नु भएको छ । स्वास्थ्य चौकी गढवामा देखिएको समस्याको बारेमा छलफल गरिएको र तत्काल समाधान निकाल्ने अस्वासन दिनु भएको स्वास्थ्य चौकी गढवाले बताएको छ ।