दाङ, १८ साउन ।
दाङको राप्ती गाउँपालिकाका विद्यालय आजदेखि बन्द भएका छन् । विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थाले पछि गाउँपालिकाका सवै विद्यालय आजदेखि ७ दिनका लागि बन्द गरिएको हो ।
राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै आजदेखि साउन २४ गतेसम्म सात दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो ।
हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सवै विद्यालयहरु बन्द गरिएको शाखा प्रमुख विकले बताउनुभयो ।।
प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार