२०८१ बैशाख ९ गते आइतवार

करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु


दाङ, १६ साउन ।
दाङमा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । सोमबार आज दिउँसो करिव साढे २ बजे तिर राप्ती गाउँपालिका वडा नं. २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उहाँको २५ वर्षीया श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिनुभयो ।

त्यस्तै बासु गाहा मगरकी भाउजु २७ वर्षीया भिमा गाहा मगर घाइते हुनुभएको छ । घाइतेको भालुवाङ अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरी निरिक्षक शाहले जानकारी दिनुभयो । घर भित्र जेठानीले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फालेपछि देउरानी हिमाले विद्युतको तार छुदा करेन्ट लागेको हो ।

करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान बासुले काचो लठ्ठीले तारलाई हिर्काउदा तार चुडिएर उहाँको शरिरमा परेपछि करेन्ट लागेर दुवै जनाको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बासु र हिमाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस